geet gajal

गजल

बस्तीहरु उजाड किन फुलहरु झर्‍यो कि
बसाई सर्दै खुसिहरु पुल तर्‍यो कि  ।

अन्यासै चुडयौं किन आज तार हृदयको
कि कतै यो नामले भुल गर्‍यो कि  ।

मनको साइनो अमर भन्थेउमनमै मर् यो किन
आज मल्हम दिए भन्थे तर सुल पर्‍यो कि  ।

किन त्यसै मुर्झाउदैछन् खुसी फुल्ने बेशिहरु
कि कतै बेइमानिको हुल भर्‍यो कि  ।

पहेलिएर पातहरु उदाङगिदैछन् मनको बस्ती
पिरतिलाई सिचाइ गर्न मुल टर्‍यो कि  ।

बस्तीहरु उजाड किन फुलहरु झर्‍यो कि
बसाई सर्दै खुसिहरु पुल तर्‍यो कि  ।


रजनी राई "राजु"
गोगने-९ भोजपुर
हालः वि.एड. तेस्रो वर्ष सुकुना क्याम्पस, मोरङ

2 comments:

  1. hi rajani very nice gajal keep it up.

    ReplyDelete
  2. hi rajani jee i wuld like to say you too nice gajal so just keep it up never stope write continue to do

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)