geet gajal

गजल


जबाफ मिनुलाई

माया गर्छु तिमीलाई मैले ,गाली नठान
साँच्चै सोझो छ यो खिलाफी ,जाली नठान|

मन सग मनको नाता ,बिश्वासले हुन्छ
मायालाई मागी खाने त्यो ,थाली नठान|

आफु भन्दा धेरै माया गर्छु आज काल
तिम्ले मलाई रुखो तुच्छ ,माली नठान|

जिस्काएको कहाँ हो र ,माया गर्छु भन्या
मेरो माया उपहासको ,ताली नठान|

बैगुनी आत्मघाती छैन, खिलाफी मिनु
फोहोर मैलाको ढल र ,नाली नठान|

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

1 comment:

  1. malai ta sarai ramailo lagyo hai dohori ta, garnush garnush gajal maa dwanda hunai parchah.

    Bibek.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)