geet gajal

गज़ल

मैले पनि खिलाफी जी....!

मैले पनि खिलाफिजी गाली ठानेको होइन|
हजुर जस्ता चौरसिया आए मानेको होइन|

लौ त माया नै ठानुम के भोर राम्रो कुरो
साच्चै नै माया गर्छौ भन्ने जानेको होइन |

सधैको बिना फुर्सदिलो जिबन भएर होला
धेरै बसन्त पार भयो कहीं कानेको होइन |

मत मान्छे चिन्दिन बाता चिता गरे पनि
कस्तो सोझो बाठो कहिले छानेको होइन|

बिचारा त्यसो हैननि खिलाफी मुटु दुख्छ
ढल,अमृतको थाली कहिले तानेको होइन|

मत मृदु हूँ सधै मिठास-मिठास मुलायम
रुखो तुच्छर भनि झटारोले हानेको होइन |

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)