geet gajal

गजल

काम तिम्रो

म त एक्लो छु साथीहरुको भिड जाम तिम्रो|
राक्षस रावण हुँ म भगवान राम तिम्रो |

आज काल किन किन याद गर्छु धेरै धेरै
सपनिमा पनि लिन्छु अरे सधैं नाम तिम्रो|

सधैं मरुभुमी बीच काकाकुल बाचे पनि
बैशालु मधुमासको मनोरम याम तिम्रो |

तन्टलापुर घामले थकित बनाइ सक्यो
मायालु गुदुली अनी मदहोसी साम तिम्रो |

साँच्चै अब म त तिम्रै भरोसामा बाचे मिनु
मन मुटु दिए मैले सम्हाल्ने काम तिम्रो|

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)