geet gajal

गज़ल


"म पनि पिउँदैछु मित्र"

सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र|
अरु प्यालामा जिउँदा हुने म पनि जिउँदैछु मित्र|

सुरु गरे मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको बाण सीँउँदैछु मित्र|

पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा निकोटिनले भित्रबाटै खिंउँदैछु मित्र|

यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र|

सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र|
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र|

मिना बान्तवा "मृदु"
काठमाडौँ नेपाल
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)