geet gajal

गजल

तिम्लाइ माया गर्ने मन फाटेको छैन|
बिस भन्दा माथि छु तीस काटेको छैन |

शङ्का किन गर्छौ बिश्वास गर म माथि
तिमी देखि अरु सग मुटु साटेको छैन|

सत्य बोल्ने युधिष्ठिरको सन्तान हुँ म
छल कपट गरि तिम्लाइ ढाँटेको छैन |

थोरै भए नी जिन्दगीलाई बुझेको छु
आकाशको तारा झार्छु भनि आटेको छैन|

बरु यो खिलाफी भोक भोकै मर्छ तर
कसैले थुकेको थुक पक्कै चाटेको छैन |

खगेन्द्र खिलाफी
दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)