एक आपसका .....!
एक आपसका खिलाप भए।
मित्रता हुन्छ बार्तालाप भए।।
भुल्न सक्छ नदिले माछा,
क्षणीक प्रेमको पिलाप भए।
बिन्ती कोही चुँड्न नखोज,
सजि सकेको गुलाब भए।
तिम्रो त होला खुसी संसार,
दुई मुटुको मिलाप भए।
तर लाग्ला आँशुको श्राप,
दिलकै टुक्रा बिलाप भए।
इन्द्र पुन
कोल-९ गर्खानी
रुकुम, नेपाल
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)