geet gajal

गजल



"अँध्येरीको रातमा ...!"

अँध्येरीको रातमा जुन हौकी तिमी,
कोईलाको खातमा, चुन हौकी तिमी !

भित्र-भित्रै बजी दिन्छ सुर र ताल,
दिलमा सधैं बज्ने, धुन हौकी तिमी !

जिन्दगी नै लाग्छ मोती जडित मेरो,
चम्की दिने गहना, सुन हौकी तिमी !

तिम्रो प्रितीको राप कती मुलायम,
न्यानो अनी नरम, उन हौकी तिमी !

छाम्दा मलाई पाउछु तिमीलाई नै,
नशा-नशा बहने, खुन हौकी तिमी !

अर्जुन दुङ्मेन्,
बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)