geet gajal

गजल

थलौ भरे पछि

साहनुभुती किन गर्छौ जग्घार परे पछि |
सहयोग किन एक्लै काम फत्ते गरे पछि |

धेरै स्वार्थी छौ तिमी उसै गरि बैगुनी पनि
सम्झिन्छौ मलाई नै केही समस्य परे पछि|

जिउदो हुँदा केही चासो र सरोकार छैन
बिचरा भन्छौ अनी कठैबरा रे मरे पछि |

देखावटी दया माया करुणा किन मलाई
मरो सारा हासी खुशी जिबन नै हरे पछि |

आखिर लुट्नु सम्म लुटी बल्ल बल्ल अहीले
खिलाफी याद किन आफ्नो थलौ भरे पछि|

खगेन्द्र खिलाफी राइ
पाख्रिबास धनकुटा
हाल दोहा ,कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)