geet gajal

गज़ल

थोरै भूली दिए हुन्छ प्रिय

तिमीले मलाई थोरै भूली दिए हुन्छ प्रिय
जीन्दगी जिउँनलाई थोरै पिए हुन्छ प्रिय |

तिम्रो मन सियो धागोले नै बनेको रहेछ
आफ्नो मन आफैले थोरै सिए हुन्छ प्रिय |

स्वतन्त्र दिन्छु तिमीलाई जान र आउँन
सम्झिन्दै र बिर्सिंदै नाम लिए हुन्छ प्रिय |

सधैंको लागि बैना प्रियसी सम्झ मलाई
मेरो निम्ती मर्दै बाच्दै जिए हुन्छ प्रिय |

गाह्रो भो कसरी विश्वास दिलाउँ तिमीलाई
अंधा विश्वासमा नै तिमी खिए हुन्छ प्रिय |

मिना बान्तवा "मृदु"
बिर्तामोड झापा
हाल: तिबेरिया इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)