geet gajal

गजल


दर्द चोट तिम्रो......!

चान्चुने माया मेरो अमुल्य नोट तिम्रो
म त जाबो झरेको पात हुँ बोट तिम्रो |

छैन अहीले अरु केही चाह मलाई
चुम्ने रहर छ लालु पाते ओठ तिम्रो |

साँच्चै अप्सरा जस्ती राम्ररी छौ तिमी
धरोधर्म छैन केही पनि खोट तिम्रो |

बरु जिउदै जलाई देउ त्यो सहन्छु
तर म सहन सक्तिन बिछोट तिम्रो |

तिमी सगै बाच्ने खिलाफी ले निधो गर्‍यो
सोच्न पनि सक्तिन म दर्द चोट तिम्रो|

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
दोहा कतार

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)