geet gajal

गजल

जनता अब सचेत छन् नढाँटे नि हुन्छ ।
चामल सँग पिठो नसाटे नि हुन्छ ।

साक्षरताको किरणहरु बढाइसके अहिले
अशिक्षाको रुख सम्झि नकाटे नि हुन्छ ।

राम्रो सँग हेर त्यहाँ सबै कागजहरु
गल्ति सम्झि तिमिले नच्याते नि हुन्छ ।

चुक्ने छैन जनता सवै आवाज नउठाए िन
अब सुकाउने जालको डोरी नवडाए नि हुन्छ ।

जनता अब सचेत छन् नढाँटे नि हुन्छ ।
चामल सँग पिठो नसाटे नि हुन्छ ।

राम कुमार राई "दिल्लगी"
सानो दुम्मा -८ भोजपुर
कोशी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)