geet gajal

गज़ल


जिवनको के भर

जिवनको के भर मन जड़ाउनु हुन्न|
थाहा छैन भाग्य मन सडाउनु हुन्न|

यो मन सलल खहरे खोला बगेको
खिलाफीजी मायाँ धेरै ढड़ाउनु हुन्न|

बैसाखे मुना पलाउँदैन असारमास,
निस्ठुरीछु सार्है मायाँ गड़ाउनु हुन्न|

जिवन बस्ला स्तब्ध भिरचिन्डोमा
फेरी कसलाई गुहार्ने अडाउनु हुन्न|

कहिले कहीं उथल-पुथल हुन्छ मन
पुरा नहोला सोच मन चडाउनु हुन्न|

संसार आँधो मायाँले भन्छन सबैले
धिर हुनु मनको भिर लडाउनु हुन्न|

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

1 comment:

  1. lahai mina g, sabai kura jadaunu hunna natra sabai barbad hun6, byaaj palau6. hahhaha

    ramro gajal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)