geet gajal

गजल


मन्दिरमा मेरो नामको‏

मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन|?
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन ?

मान्छे हुँ मपनि त मुटु हो चस्किएर दुख्छ
छलेर अर्को मुनाबाट तिमी फेरी पलायौ किन ?

टुटेफूँटेका सपना जोडेर जीउँने कोशिश गर्दै थिएँ
यो मनको मौन तलाउँमा पसी ढुंगा चलायौ किन?

आस्था संगालेर लघाएको पर्खाल तिमीले नाँघेर
अनयासै भत्काई त्यसलाई तिमीले ढलायौ किन ?

मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन ?
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन ?

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)