geet gajal

गज़ल


एक्कोहोरी एक्लो नठान....!

एक्कोहोरी एक्लो नठान नाउँ छ तिम्रो पनि
बेसाहारा छैनौ खिलाफी गाउँ छ तिम्रो पनि|

खिलाफी विदेश भनेको दुई दिन लागि मात्र
काकाकुल नठान आफुले ठाउँ छ तिम्रो पनि|

नेपालमा सुक्को कमाई छैन भाको सकिन्छ
विदेश च्याँखे थापि राख दाउँ छ तिम्रो पनि|

सबैको उस्तै-उस्तै कहानी देख्दा मात्र फरक
कमाई छैन ब्याज नभै साउँ छ तिम्रो पनि|

आमाबाबा चेलीले आसा गर्लान खिलाफीजी
छिमेकीहरु कमाई देखि बाउँ छ तिम्रो पनि|

गर्नु हुन्न केहि कुराको पिर दिन फिर्छ अरे
जोरीहरु जिउजिउ भन्दै धाउँ छ तिम्रो पनि|

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरेल

3 comments:

  1. swweet gajal. keep it up
    raj robat ajnabi

    ReplyDelete
  2. raj robat ajnabi ji hajurko pani sweet commentko lagi m aabhari chhu dhnybad chh yahalaai."mridu"

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)