geet gajal

गज़ल

सास फेर्न...

पिरती त मैले पनि लाएकै हो तिमीसंग
सयौ हण्डर ठक्कर पाएकै हो तिमीसंग |

धाउनु धाए पधेरा र तिमि हिड्ने बाटो
पिरतीको मिठो भाका गाएकै हो तिमीसंग|

भन्छौरे सास फेर्न गाह्रो भयो मैले गर्दा आज
निश्चल मनले मन्दिर धाएकै हो तिमीसंग|

लुकिमारी खेल्छौ धेरै हिजोआज तिमि किन!
चौतारीमा बाचाकसम खाएकै हो तिमीसंग |

पिरती त मैले पनि लाएकै हो तिमीसंग
सयौ हण्डर ठक्कर पाएकै हो तिमीसंग|

कोमल वाईबा तामाङ
mongoliankomal@yahoo.com
भरतपुर,चितवन

[यो पानामा समेटिएको कुनै गजलको सवाल जवाफ मात्र ल !............]

1 comment:

  1. dhanyabaad aparichit mitra komal jee.
    gazalko dohari bado mitho danggale prastut garnu bhaechha.khushi lagyo swikaarnush mero feri dhanyabaad, yahakaa din subha rahun!hus ta bidaa chahaanchhu!
    geetaa thapa (doshi)
    belbari morang
    haal israel

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)