geet gajal

गजल


सास फेर्न......!

सास फेर्न गार्ह्यो भयो भेट्न आउँ भन्दापनी
कित मलाई आजैँबाट भूली जाउँ भन्दापनी

सुनेरनि रतिभर वास्ता कति छैन तिमीलाई
पिरती यो झूँट सम्झी कसम खाउँ भान्दापनी

निर्दोषछौ भनौ भने अध्याँरोमा साथ छाड्यौ
निश्चल मानि मन मन्दिरमा लाउँ भन्दापनी

नत केहीँ आनाकाँनी नत ओठखोली बोल्छौ
सस्तो ठानी तिम्रो माया गरौँ भाउँ भन्दापनी

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)