geet gajal

गजल


बिहेको कुरा चलाइ दिनु

अरुको नासो चिनो सबै जलाई दिनु
चोखो मन मुटु मिना जी मलाई दिनु

माग्दिन सुमेरु पर्बत हजुरलाई
अन्धाकारमा मनको दियो बलाइ दिनु

हजुरलाई नै मैले लामी माने मेरो
केटी खोजी बिहेको कुरा चलाइ दिनु

कति बाचु काकाकुल मरुभुमी बीच
मधुमास झै जिन्दगीमा पलाई दिनु

यदी खिलाफी देखि झोक चल्यो भने
खुकुरीले छप्काएर ढलाइ दिनु

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा

1 comment:

  1. खगेन्द्र जी,यहाँको गज़ल प्राय सबै राम्रा हुन्छन यो चाहिं त दामी अनि नामी पो आएछ यहाँलाई प्रगति पथको कामना लेख्दै गर्नु होला निरन्तर धन्यबाद!"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)