geet gajal

गजल


साथी हुन्छ

सबै भन्दा माथी हुन्छ।
जो सच्चा साथी हुन्छ।।

परेर आए बिपत्ती कतै,
पहिले थाप्ने छाती हुन्छ।

साहस दिई पिर माग्दा,
हरेक पिंडा जाती हुन्छ।

सुखमा आई दुखमा लुके,
त्यो बिस्वासघाती हुन्छ।

दियालो बाली बाटो देखाउने,
साँचो मित्र त राती हुन्छ।।

ईन्द्र पुन "इन्द्रेणी"
रुकुम नेपाल

2 comments:

  1. ईन्द्र जि मलाई यास्ता शब्द सँग मितेरी गांस्न मन लाग्यो जिन्दगी मा साथी को महत्व धेरै ठुलो हुन्छ बधाई यसरी नै लेख्दै जानुहोला ।

    सविना गुरुङ
    हङकङ

    ReplyDelete
  2. इन्द्र पुनDecember 9, 2009 at 11:01 AM

    धन्यबाद सबिना जी...

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)