geet gajal

गजल

आजकाल यो पोखरीमा पानी छैन हजुर
अन्धो छु म त आँखाको नानी छैन हजुर ।

बिक्षिप्त छु म यहां त्यही पुरानो कथाले
सुनाउनलाई कुनै नयाँ कहानी छैन हजुर ।

साथ छ मदिरा अनि साथी छ नशा
नपिएर बस्ने मेरो बानी छैन हजुर ।

उभिन्छिन रे उनि अचेल मेरो बिरुद्दमा
जिबनभरि साथ् दिने सानि छैन हजुर्।

आजकाल यो पोखरीमा पानी छैन हजुर
अन्धो छु म त आँखाको नानी छैन हजुर ।

प्रर्शु "पृथक"
ईन्द्रपुर-३ त्रीवेनी चौक,मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)