geet gajal

आधुनिक गीत


"जिन्दगी नि...!"

जिन्दगी नि लाग्छ गिटारको तार
चुटिएला एक्दिन अनी के रहला सार ?
Music ~ ~ ~ Music~ ~ ~ Music~ ~ ~

जस्ले रेटे पनि माया तिम्रो धुन बन्छु
तिम्रो गुनगुन् मिसिदा आँफै रुन भन्छु
संयोगमा पिरती गाँसी तार-तार जोडे,
उडी अब क्षितिज पुगी बादल छुन भन्छु !

प्राण रहुञ्जेल दिल खोली बजी दिउँला
छिनीएछ तार भने अर्को जुनी लिउँला
तिर्खाएर झर्नालाई नियाली रहेछौ ऐले,
सुकी हाल्यो भने, उषाका थोपा थापेर पिउँला !
जिन्दगी नि लाग्छ गिटारको तार
चुटिएला एक्दिन अनी के रहला सार ?

जिन्दगी नि लाग्छ गिटारको तार
चुटिएला एक्दिन ... ... ... ... ... … !!

अर्जुन दुङ्मेन्,
बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)