geet gajal

गजल


कालो छैन
आँशुमा डुबे म सुनामीको छालो छैन
बेहाल मै बाचेको छु नीको चालो छैन

बिबशता पनि कहाँ सम्म जिन्दगीको
गरीब छु आङ ढाक्ने सानो टालो छैन

जहीले पनि अन्तिममा हुन्छु म सधैं
किन मेरो अघि आउने पालो छैन

बासी अरुकै जुठो मात्रै पाउछु मैले
किन मेरो लागि ताजा अनी आलो छैन

बाहिरी देख्दा खिलाफी काले भए पनि
धरोधर्म भित्री मन भने कालो छैन

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा ,कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)