geet gajal

गजल

सत्ता कुर्सीमा देख्छु अहिले सबै हार्ने मान्छे
बुद्दिमानी रे गोरु गधाको जोडी नार्ने मान्छे

सच्चा देश भक्त र आदर्शबान नेता अ रे
देश जनता सधैं नै काकाकुल पार्ने मान्छे

उही बफादारी यहाँ उही इमान्दारी पनि
राता रात देशको सम्पत्ति पारी तार्ने मान्छे

भन्न पनि शरम लाग्छ उनी महादानी रे
हर शुभ साझ हात फैलाउदै चार्ने मान्छे ।

यहाँ धेरै देखे मैले निज स्वार्थको खातिर
आफ्नै सहोदर भाई हासी हासी मार्ने मान्छे ।

खगेन्द्र खिलाफी
पाख्रिबास , धनकुटा
हाल :दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)