geet gajal

गजल


रोएको छ

आफ्नो बगान अरुको रजाई देखेर माली रोएको छ।
फल्ने बेला भाच्छन संधै घरीघरी डाली रोएको छ।।

समुंद्र काती गए युबा मोती फलाउने औजार लिएर,
छैन्न कोही बिकाश रोप्ने भासिएर आली रोएको छ।

आफ्नो खेत बाँजो छोडी नेपाली रगत र पसीना,
बिडेशी भुमीमा बगेको देखी घरमा फाली रोएको छ।

दिन भरी काम गरेर गोधोली साँज घर फर्की,
केही नखाई सुतेको देखी झोपडीमा थाली रोएको छ।

धनी गरीब समान हुन्छ साथ दियौ भने सुनी,
खुसी भएर भोट दीन बजाको ताली रोएको छ।

इन्द्र पुन "इन्द्रेणी"
रुकुम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)