geet gajal

गजल



जीवनका मोडहरुमा घरि घरि भेट्यौ तिमीले
धेरै यात्रा गरे पछि छुरा झिकी रेट्यौ तिमीले।

जीवन भरि सधैं सधैं साथ दिन्छु भन्थ्यौ
आधा बाटो हिंड्नै नपाई हृदय बाट लखेट्यौ तिमीले।

सुन्थे म त प्रेम संसारमा दुई आत्माको मिलन भनि
मेरो निश्चल प्रेमलाई समग्रमा समेट्यौ तिमीले।

अ्अर थियो त्यो प्रेम अटल अनि उदाहर्णिय
चोखो त्यो सम्बन्धलाइ घात गरी मेट्यौ तिमीले।

जीवनका मोडहरुमा घरि घरि भेट्यौ तिमीले
धेरै यात्रा गरे पछि छुरा झिकी रेट्यौ तिमीले।

प्रर्शु "पृथक"
इन्द्रपुर- ३ त्रीवेनि चोक ,मोरङ्

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)