geet gajal

गजल

तिमीहरु

संविधान लेख्न किन डराउदैछौं तिमीहरु
स्वार्थमा फसेर देश हराउदैछौ तिमहिरु

साम्प्रादायिक द्धन्दको कुटिल नारा लगाउदै
राष्ट्रियताको खिलाफमा कराउदैछौ तिमीहरु

गरिब निर्धा भोकै भोकै मरेका छन् यहाँ
अफसोच धनि कै भकारी भराउदैछौ तिमीहरु

दिनहुको नेपाल बन्द आगजानी तोड फेड
देशलाई झनै गरीबीमा झराउदैछौ तिमीहरु

भित्र भित्रै देश कंगाल पारी देशको सम्पती
समुन्द्र पारी राता रात तराउदैछौ तिमीहरु

स्वाधिनता र सार्वभौम माथि अरुको हस्तक्षेप
धेरै लाचार नालायक झै गराउदैछौ तिमीहरु

खगेन्द्र खिलाफी
पाख्रीबास धनकुटा
हाल : दोहा कतार

1 comment:

  1. खिलाफी जी
    नेपाल लाई बर्बादी तिर धकेल्ने राज नेता रुपी अराजनीतिक हरु को खिलाफ मा साहित्यिक बज्र प्रहार गर्नु भएछ वाह वाह साच्चै राम्रोछ

    बिमल गौतम
    मोरंग
    हाल साउदी अरेबिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)