geet gajal

गज़ल

बिहे गर्ने कुरा चलाई दिउ कि?

तिम्ले लेखेको चिठी र फोटा,लाग्छ जलाई दिउँकी?
तिम्रो लागि बैसाखे मुना बनि, फेरी पलाई दिउँकी?

फेरी सम्झिन्छु पटक-पटक,मन मनै कुरा खेलाई
लाग्छ तिमी संगै बिहे गर्ने कुरा पो चलाई दिउँकी?

तेस्रो पटक सम्झन्छु तिम्ले दिएको मायाँको चिनो
लुगा,औँठी सबै चिजहरु पनि,लाग्छ नलाई दिउँकि?

लाग्छ आज भोलि तिम्रो लागि किन अमृत बनूँ?
तिम्रा सबै बस्ति र शहर नै,लाग्छ बलाई दिउँकी?

अचम्म लाग्छ फेरी,तिमी टाढा हुन खोजेको देख्दा
लाग्छ तिमीलाई कोर्न थमाई,हातमै सलाई दिउकी?

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

2 comments:

  1. मिना जी को गजलको यो पनि एउटा राम्रो गजल हेर्न पाए !

    ReplyDelete
  2. मिना जी को गजलको यो पनि एउटा राम्रो गजल हेर्न पाए !

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)