geet gajal

गजल

मान्छे

बिस्तारै अधर्मको बस्तिमा सरेको छ मान्छे
स्बर्ग छिन्न नसकेर नर्क झरेको छ मान्छे |

जताततै भोकमारीको डढेलो जादा खेरी
अनिकालको त्यो चपेटामा मरेको छ मान्छे |

शरीर मानब भए पनि ब्यबहारमा यहाँ
साह्रै निच पशु जस्तै हेर चरेको छ मान्छे |

दिन प्रतिदिन बिनाशकारी होडबाजीले
आफैले खानेको खाल्डोमा आफै परेको छ मान्छे|

भोका नाड्गा काकाकुल धेरै देख्छु दुनियामा
अफ्सोच आफ्नै मात्रै भकारी भरेको छ मान्छे |

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)