geet gajal

गजल

"यस्तै हुन्छ मलाई"


उन्कै यादमा संझी संझी मन मेरो जलि दिन्छ
थाहा छैन आगो बिना मुटु त्यसै बली दिन्छ

ओठ भरी हासे पनि भित्री मन रुदा खेरी
छिया छिया आँत भई मुटु आफै गली दिन्छ

चोखा चोखो मायाँ दिल भित्र रोपे पनि मैले
रुखो तुच्छ मायाँ मात्रै यदाकदा फली दिन्छ

जात पात भेद हुन्छ चोखो मायाँ गर्दा पिन
मायाँ बिच घाटानाफा मोलतोल चली दिन्छ

थाहा छैन कता देखि आधि हुरी आई दिदा
लाश बनि मेरो आत्मा सबै सामु ढली दिन्छ


खगेन्द्र खिलाफी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)