geet gajal

गजल

नयाँ नयाँ

जता जाउ जिन्दगीको यात्रा नयाँ नयाँ
जिउदै जादाँ नशाको मात्र नयाँ नयाँ

भोग्नै पर्ने देख्नै पर्ने नियती छ यहाँ
जता ततै नौटंकी को जात्रा नयाँ नयाँ

मान्छेको मन छिन छिनमा बदली दिन्छ
जीवनमा साथ दिने पात्र नयाँ नयाँ

मरे पछि शाहद जाने बाटे एउटै
तर पनि देख्छु यहाँ कात्रा नयाँ नयाँ

जसो तसो कटाउछु दिन अचेल म
फेरि आउछ अधेरी रात्रा नयाँ नयाँ

खगेन्द्र खिलाफी
पाख्रिबास ,धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)