geet gajal

गजल



भिज्छ गह

भिज्छ गह बिराही गजल नगाउदा पनि
घोर निन्द्रामा छौ सयौ चोटि जगाउदा पनि|

खै के पायौ र परदेशमा श्रम पसिनाको
हेर दिन रातै मेची काली बगाउदा पनि|

हेला उपहास मात्रै कमाई परदेशमा
आखिर जिबन आहुती लगाउदा पनि |

हाम्रै खेदो खन्न आतुर देख्छु मालिकहरु
सेवा गरि होस्टे हैसे गर्दै सघाउदा पनि |

गाउ घर कै आलो याद आउछ सधैं किन
बिर्सु भनि मन बाटै दुर दुर भगाउदा पनि |

खगेन्द्र "खिलाफी"
पाख्रिबास ,धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)