geet gajal

गज़ल


छुरा धसाएका छन् आजकल

मानवले आफुलाई नचिन्ने बानि बसाएका छन आजकल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकल|

असारमा आँखा फुटेको गोरुले झैँ सबैलाई उल्टै-उल्टो देख्ने
बानि संसारिक मानवले मन भित्र पसाएका छन आजकल |

आफुलाई ऐनमा नहेरी मानवले अरुको गल्ति देख्ने बानिले
अरु दोषी बनाई सर्पले झैँ आफैलाई डसाएका छन आजकल |

त्यसैले युग पछि पर्यो मिना तैले मात्र खोइ के पो गर्छस
अनेकौ संगतिले दुनिया मज्जाले फसाएका छन आजकाल |

मानवले आफुलाई नचिन्ने बानी बसाएका छन आजकाल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकाल |

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

4 comments:

  1. मानवले आफुलाई नचिन्ने बानी बसाएका छन् आजकल
    आफ्नो गल्तीले छुराले आफैलाई धसाएका छन् आजकल
    मिना जी
    हाम्रा समाजका स्वार्थी र अधर्मी मानिस हरु माथि प्रहर गर्नुभएछ राम्रो छ गजल

    बिमल गौतम

    ReplyDelete
  2. mina ji ramro lagyo tapaiko yo shirjana pani . manchhe le manchhelai chindaina aajkal . chakenedra rai

    ReplyDelete
  3. yaha bimal gautam ji, ani chakendra kaidi ji lai mero gazalko bhab bujhi dinu bhai 2 sabdale saji sajau mero gazallaii muhurt jibit banai dinu bhaykoma dhnybad 2ubai mitraharu lai din chahanchhu,
    "mirdu"

    ReplyDelete
  4. हो.... मिना जी ,
    संसारको रिति अनी बानी यस्तै छ तर सबैले गर्दैछ भन्दैमा तपाईं हामीले जुन कुराको आलेख गर्नु पर्छ,
    हजुरको गजलले एक दिन यो संसारमा अबश्य स्थान पाउने छ
    भगवानले कल्यण गरुन ,
    Dil Rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)