geet gajal

गजल

छातीभित्र तिम्रो तस्बिर

छातीभित्र मैले तिम्रो तस्बिर टाँसेको छु
तिमीसँगै भावनाको नाता गाँसेको छु।

यता आगो उता पानी बिच धारमा म
भित्रभित्रै रोए पनि बाहिर हाँसेको छु।

तिमीबिना कति साह्रो अद्याँरो यो संसार
मर्दै-मर्दै भए पनि अझै बाँचेको छु।

दिनदशाले पछ्यान छाडेन यो जिन्दगीलाई
उसैसँग ताल मिलाएर मारुनी पो नाचेको छु।

कति पिएँ अश्रुप्याला, पिउँदै छु अझै पनि
अहिलेसम्म तिम्रै लागी चोखो माया साँचेको छु।

शशी लुमुम्बु
काठमाडौ नेपाल
इमेल : shataabdee@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)