geet gajal

भजन गीत


भरीदेउँ ईश्वर ज्ञान

भरीदेउँ ईश्वर ज्ञान मलाई बाँड्न
सकौँ सदभाव सबैलाई
न धुप न दिप न नैँबेद ल्याएँ
खाली हात ईश्वर तिमी सामु फैलाएँ
महल छ बस्न गुड्नलाई गाँडी
सधैं आउँछ ईश्वर मनभित्र बाँडी
बाहिरी श्रृङ्गारले म मानिस कहलिन्छु
मनमा एकल सुखको चिन्ता बटुल्छु
कसरी सुधारौ ईश्वर म आफ्नु भूललाई
के गरी बुझाउँ ईश्वर यो पापी मनलाई
न निन्द्रा छ,रातमा न चइँन छ,आँखामा
छट्पटी छ,मनमा प्यास छ,तनमा
लोभ र मोहले बाटो छोड्दैँन
पापको भाँडो ईश्वर कहिल्यै भरिदैँन
तिमी एक ईश्वर बाटो देखाउँने
यो पापी मनलाई कहाँ लगि बिसाउँने
त्यसैले ईश्वर म तिम्रो चौखट्मा आएँ
माफि देउँ ईश्वर भूल नगर्ने बिन्ती बिसाएँ
भरीदेउँ ईश्वर ज्ञान मलाई बाँड्न
सकौ सदभाव सबैलाई
न धुप न दिप न नैँबेद ल्याएँ
खाली हात ईश्वर तिमी सामु फैलाएँ

गीता थापा (दोषी)
बेलबारी मोरङ
ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)