मनुष्यको नास देख्दा,,,,,
आँखाबाट आँशु खस्छ जिर्ण एक दास देख्दा
बिरक्त हुने गर्छ मनुष्यको नास देख्दा।
अनगिन्ती प्राणहरु एम्बुस माझमा छन
मुटु छिंयाछिंया हुन्छ बेवारिसे लाश देख्दा।
बन्दुकको बिचमा कलम परे जस्तो भाछ
बिचार त हार्ने छैन बारुदको रास देख्दा।
मानवताको युद्व जितीछाड्ने हाम्रो अठोट
जित्न पनि शंका लाग्छ बाटोभरि भास देख्दा।
अमुल्य जिबन नदेखिनै त्यागी दिन्छ
एउटा पशु भीरको हरियो त्यो घाँस देख्दा।
जितेन्द्र "ज्वाला"
मौनाबुधुक-८, धनकुटा
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)