geet gajal

गजल


आउन सकेन चेली

आउँछु नै भन्थेँ यस्पाली पनी,आउन सकेन चेली।
तिम्रो हातको बारमासे मक्मली,लाउन सकेन चेली।।

यस्तै रहेछ पसिना बेच्न,समुद्रपारी आए पछी,
भनेको बेला छुट्टी कहिल्यै,पाउन सकेन चेली।

सोध्लान साथी संगि सबै,"साँईलो आएन?"भनी,
भन्नु"हाँस्दै लेक बेँसी, धाउन सकेन" चेली।

"देउसीरे" भन्दै नाच्दै होलान,जोर मादल ठोक्दै,
सिरानी भिज्छ तड्पेर संगै, गाउन सकेन चेली।

रुदा आमा मलाई सम्जी,"चाडै आउछ रे"भन्नु,
बिरामी पर्दा थोपा पानी,खुवाउन सकेन चेली।

उनेर राखनु सयपत्री माला,अर्कोसाल जरुर आउँछु,
नरुनु कोही परीवारमा खुसी,छाउन सकेन चेली।।
तिम्रो हातको भारमासे मक्मली,लाउन सकेन चेली।।

इन्द्र पुन "इन्द्रेणी"
रुकुम कोल नौ गर्खानी।

[भोजपुरे ब्लग परीवार र सम्पुर्ण पाठकहरुमा शुभ दिपावलीको मंगलमय शुभ कामना..]

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)