माफ़ गरीदिनु बहिनी मलाई
यो तिहारमा आउन सकिन
यसपालिको तिहारमा पनि तिम्रो
हातको भाईटीका लाउन सकिन
यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए
दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन
संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला
मादल अनि बासुरी देउसी भैलो गाउन सकिन
धेरै खुसी थीए हाम्रा बिगतका तिहारहरू
यसपलिको तिहारमा पनि खुसी बनी आउन सकिन
नखसाउनु आशु ,बहिनी नदुखाउनु मन
खुसी बिनाको जिन्दगीमा पुगेर नि रमाउन सकिन
यो निधारमा जन्मदा नै गरीबको रेखा कोरीएको रहेछ
सुख पाउन सकिन ....
योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo.com

Subscribe to:
Post Comments (Atom)
गिती गजल राम्रो लाग्यो मलाई । आम नेपालीको बिडम्बना नै यै हो । मुखमा माडहाल्न बिदेशीनै पर्छ । चाडबाड भनेको त हुनेखानेलाई मात्र रमाइलो!
ReplyDelete