धेरै भयो
सपनीमा मैले उनलाई, नहेरेको धेरै भयो।
अनी मनका कुरा पनी, नकेरेको धेरै भयो।।
आफ्नै छिनकी पराई भईन,केही थाहा छैन,
चैनको सास पनी मैले,नफेरेको धेरै भयो।
भन्न त भन्थिन आफै,सातौं जन्म तिम्रै,
तर पनी यो मनले, नतेरेको धेरै भयो।
खडेली छ जिबन मेरो,अनी बिना साच्ची,
पानी पार्न कालो मेघले, नघेरेको धेरै भयो।
कहाँ उडी कहाँ बसे,झरी बाडलको बाध्यताले,
दुई पंछी गुँड बनाउन, नखेरेको धेरै भयो।।
इन्द्र पुन(इन्द्रेणी)
रकुम
Subscribe to:
Post Comments (Atom)
तिम्रो मनले जे भने नि मैले बाटो हेरेकैछु
ReplyDeleteसम्झनाले छाती भरि तिम्रो चित्र केरेकैछु
यथार्थमा टाडा भयौ मिलन हाम्रो कैले हुन्छ
सपनीमा भएपनि अगालोमा बेरेकैछु
ईन्द्र भाई
राम्रो छ साहित्यिक यात्रा लाई शुभ-कामना
बिमल गौतम
साउदी अरेबिया