geet gajal

गजल


नसम्झनु अब मलाई

नसम्झनु अब मलाई हृदयमा प्रित छैन
तिम्रो लागी लेख्नुपर्ने कुनै अब गीत छैन|

नबोलभो सफाईमा तिम्लाई मैले चिनिसकें
सँगै बाँच्ने सँगै मर्ने दुनियाको रीत छैन।

तिमी हाँसी खुशी बाँच म आँशु डुबे पनि
युद्व हाम्रै चल्ने छ, तर हार जीत छैन ।

देंखे मैले चोखो माया भोगी सकें चोटहरु
झुठो माया लगाएर कसैको नि हित छैन|

सुजता “असफल”
अमरदह-८ मोरङ

1 comment:

  1. hello sujata jee tapaiko gajal dherai ramro chha
    tapalai suvakamana
    Yogendra
    email-yogendra.yogen@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)