geet gajal

गजल

"गजल"



सबैले तल गिराउने कर खोज्छन यहाँ
सबैले बिशाल महल घर खोज्छन यहाँ

आफु त अभागी खोटो बिगि्रएको मान्छे हजुर
हरेक प्रेमिका असल बर खोज्छन् यहाँ

जदौरिमा जिन्दगीलाई कटोउदै छु सधै
तर धोकेवाज धनको भर खोज्छन यहाँ

आफसोच गाउ बस्तीको उपाहास गर्दै किन
मान्छेले मान्छे नगन्ने शहर खोज्छन यहाँ

सुन्दर फुललाई कुठाराघात गर्दै साच्चै
मान्छेहरु किन अब पत्थर खोज्छन यहाँ


खगेन्द्र 'खिलाफी'

दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)