geet gajal

गजल


बन्धुत्व

बन्धुत्वको नाता यहाँ, भेटघाट भाको छैन
जीवन जगत टाढा, दिल टाढा गाको छैन

साथीत्वको साथ दियौ, सहयोग मेरो लागि
तिर्खा बनी तिमीलाई, भेट्न मैले धाको छैन

भातृत्वको गाथा भित्र, गोरेटो भो बेग्लाबेग्लै
संगसंगै ढाकाटोपी, ढल्काउँन पाको छैन

मातृत्वको भूमी माथि, जन्मदा नि छुट्टाछुट्टै
अदृष्‍यको दाजुभाइ, दृष्‍यभाव छाको छैन

प्रकाशत्व ब्रम्हाण्डमा, घुमिफिरी आईदेला
भेट होला मिर्मिरेमा, कहीं बार लाको छैन।

अर्जुन दुङ्मेन्
बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)