geet gajal

गजल


छलछलाउनु सुहागरातमा,,,,

मध्यरातसम्म उनलाई अल्मलाउनु सुहागरातमा
सुस्त-सुस्त ओंठ चुम्दै चल्मलाउनु सुहागरातमा

समर्पणमा लोलाएका अर्धमुदित नयनसँगै
अँगालोमा बेरिएर, सल्बलाउनु सुहागरातमा।

नशा हो यो जवानीको चढ्न दिनुपर्छ शिखरमा
मदहोश-मदहोश हुँदै दुवै, ढल्मलाउनु सुहागरातमा।

जुनको किरण भित्र छिर्ला, चियो चर्चो गर्न दुईको
चुकुल लगाई आफ्नै ज्योती झलमलाउनु सुहागरातमा।

भन्ने कुरा भनि दिएँ, बाँकी कुरा आफैं बुझ
आँधीतुफानभन्दा बढी छल्छलाउनु सुहागरातमा।

बरिष्ठ गजलकार प्रकट पंगेनी
-कास्की, पोखरा

1 comment:

  1. हा हा !!! प्रकट दाइको गजल त यस्तै हुन्छ हौ !! साह्रै रमाईलो !

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)