geet gajal

गजल

"गजल"


सबैले तल गिराउने कर खोज्छन यहाँ
सबैले बिशाल महल घर खोज्छन यहाँ ।

आफु त अभागी खोटो बिगि्रएको मान्छे हजुर
हरेक प्रेमिका असल बर खोज्छन् यहाँ ।

जदौरिमा जिन्दगीलाई कटोउदै छु सधै
तर धोकेवाज धनको भर खोज्छन यहाँ ।

आफसोच गाउ बस्तीको उपाहास गर्दै किन
मान्छेले मान्छे नगन्ने शहर खोज्छन यहाँ ।

सुन्दर फुललाई कुठाराघात गर्दै साच्चै
मान्छेहरु किन अब पत्थर खोज्छन यहाँ ।।


खगेन्द्र "खिलाफी"
दोहा, कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)