geet gajal

गितीकबिता


मुटु चिरेर जानेलाई

जस्लाई मैले जीबन दिएँ गईछिन जीबनै जलाई,
सायद भाबी संधैं रुन लेख्या थियो की मलाई।

बर्षौ पछी खुसी भेटेको आज हराई गयो टाढा,
हाँसियो रोईयो आधी जीबन कसरी बाँचौं आधा।

मदनको मुना जस्ती भए पर्खेर नथाकने मन,
साग सिस्नुले चित्त बुझ्ने, नमाग्ने कहिल्यै धन।

उनकै सपना सुनको महल पसिनाले गोडेँ फूलहरु,
फूल गोड्दा समय लाग्यो त्यही लागेछ भुलहरु।

सके सम्म भुलेर उनलाई फूली दिउँला म पनी,
सयौं झरी सहेर पनी मुस्कुराउने गुलाब बनी।

आउन खोज्छ किन झर्दै नयनमा पानीको झरी,
सुन्दा उल्तै "मन रहेछ ढुङ्गा भन्दा निष्ठुरी"।

"इश्वर खुसी राखुन संधै" झुठो कसम खानेलाई,
आँशु पुछी "बधाई" दिन्छु मुटु चिरेर जानेलाई।।

इन्द्र पुन (इन्द्रेणी)
रुकुम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)