geet gajal

गजल



"हस्तक्षेपमा खबरदारी"

मेरो देश फूल जस्को बयान गर्दैछु आज
थुंङ्गै थुंङ्गा लिईकन सुभाष छर्दैछु आज।

हिमाल पहाड र तराई सुन्दर बगैंचा
खर्कको सोझो ठिटो बेशीतिर झर्दैछु आज।

गोर्खाली शिर झुक्दैन कहीं बढ्छु अघिसरी
रक्षक हुँ गुलेलीमा बारुद भर्दैछु आज।

बिबिध आईपर्ने घटना मर्दको उपमा
राष्ट्रघाती भनी जेल सजाय पर्दैछु आज।

साहस धर्यता र इमान्दारीता मेरो नीति
किन दुस्मनको थिचोमिचोमा मर्दैछु आज?

साँध वर सार्दै सुपरसोनिक उडायो रे
त्यही पर नै चौकीदार बस्न सर्दैछु आज।

राष्ट्र माथिको हस्तक्षेपमा खबरदारी गर्दै
महाकाली कर्णाली सेती भेरी तर्दैछु आज।
त्यही पर नै चौकीदार बस्न सर्दैछु आज। ।

अर्जुन दुङ्मेन्
बगदाद,इराक।


(भारतिय पक्षबाट नेपालको भूमी बिभिन्न ठाउँमा मिच्दै आईरहेको बेला केही दिन अगाडि त महाकाली र कर्णाली क्षेत्रको आकाश तिर बिना जानकारी नै भारतको सुपरसोनिक यान उडान भरी फर्केको अनलाईन समाचार माध्यमबाट पाइयो। यसैमा सम्बन्धित खबरदारी हो यो।)

1 comment:

  1. राष्ट्र माथिको हस्तक्षेपमा खबरदारी गर्दै
    महाकाली कर्णाली सेती भेरी तर्दैछु आज
    त्यहि परनै चौकीदारी बस्न सर्दैछु आज

    वाह वाह अर्जुन जी अति सान्दर्भिक बिषय रोज्नु भएछ हामी बिना बर्दी का सिपाही हरु नउठे हाम्रो अस्तित्व गुम्ने खतरा छ घोच्दै गर्नुहोला अचेत नेपाली हरुलाई साहित्य मार्फत शुभ-कामना मेरो

    बिमल गौतम
    हाल साउदी अरेबिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)