geet gajal

गजल

सम्झनाको दीप बाली पर्खि बसेको छु
सगै लाने ईच्छा पाली पर्खि बसेको छु

समयको वहाब लाई छेक्न नसकेर
खहरेमा पुल हाली पर्खि बसेको छु

तिमीले सफलताको शिखरहरु चुम्दा
बजाएर सयौ ताली पर्खि बसेको छु

नभेटेको हैन मैले सुन्दर सुन्दर फुलहरु
राखी आफ्नै जीवन खाली पर्खि बसेको छु

धेरै धेरै मनहरु अध्यारिदै जादा
मुहारमा जगाएर लालि पर्खि बसेको छु

पर्शु पृथक
ईन्द्रपुर-३ मोरङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)