geet gajal

गीत


भित्र भित्रै जलेको छु,,,,,

टेक्ने साहस छैन अब अपाङ्ग भै ढलेको छु,
पिर ब्यथा सँगालेर भित्र-भित्रै जलेको छु।

आशा गर्दा आँशु पाएँ, हाँस्न खोज्दा पग्ली भएँ
मृत शरिर बाँच्दा यो आफ्नो मलामी आफै गएँ।
टेक्ने साहस छैन अब अपाङ्ग भै ढलेको छु,
पिर ब्यथा सँगालेर भित्र-भित्रै जलेको छु।

ब्यर्थै बिते दिनहरु आँशु सँग रात ढले
थाहै नपाई जिन्दगी यो चिता बनि सबै जले
टेक्ने साहस छैन अब अपाङ्ग भै ढलेको छु,
पिर ब्यथा सँगालेर भित्र-भित्रै जलेको छु।

रश्मी चन्द्र राई
सिन्द्राङ -३ भोजपुर

2 comments:

  1. इन्द्र पुनOctober 11, 2009 at 11:49 AM

    निद लागेको थियो नलेखी नहुने भो
    होईन भोजपुरको हावा पानी भित्र नै साहित्य श्रृजना गर्ने केही त्तत्व हुन्छ की के हो?जस्को पनी दम्दार रचना हुन्छ। जे होस,रश्मी चन्द्र जी छोतो सारै मिठो गित लिएर आउनु भको रहेछ,फेरी फेरी पनी यस्तै रचनाहरु निरन्तर पदन पाउँ सबैले शुभ कामना...

    ReplyDelete
  2. Indra pun g, dherai dherai dhanyabad tapaiko amulya sujhawako lagi.

    rasmi chndra rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)