geet gajal

गजल

रोप्छ एउटाले खेतमा पसिना
खान्छ फलेपछि आर्कैले मसिना

रगत-पसिनाका ति बाला भरी
रुन्छ मन त्यै' खासेपछि असिना

हुनुपर्छ चनाखो मित्रै भये नि
सधै जब भन्दै आउछ हसिना

थाहा पाउ साथी दिन-रात माथि
दंग छन कोही बाँडेर उसिना

- मोहन लम्साल
भोजपुर, नेपाल
हाल - सूडान

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)