geet gajal

गीत


मन रुन्छ धुरुरुरु,,,,,

चैतको मास देऊराली डाँडा बतास हुरुरुरु
सारङ्गीसँगै रेटिन्छ आत्मा मन रुन्छ धुरुरुरु

कसलाई पोखौ मनको बह सुन्दैन कोई पनि
सम्हाल्न खोज्छु, यो दुखी आत्मा बुझ्दैनन उनलेनि
चैतको मास गुराँस फुली ढाकेछ पारी बन
सबैमा छायो ख्शीको बहार रोईरन्छ मेरो मन।।

मनको भारी बिसाउन खोज्छु छैननि चौतारी
आफन्त भन्ने कोई छैन यहाँ हिंड्डैछु भौतारी
त्यो पारी बनमा न्याउली गाउँदा रमाईलो भयो झन
हाँसखेल गर्छन साथी र संगी निराश छ मेरो मन।।

सँगैको साथी स्कुल जान्छन किताबै च्यापेर
म गर्छु सधैं बन र पाखा,घाँस दाउरा बोकेर
चैतको मास देऊराली डाँडा बतास हुरुरुरु
सारङ्गीसँगै रेटिन्छ आत्मा मन रुन्छ धुरुरुरु।।

मनिषा पाख्रीन
साङपाङ-७, भोजपुर

2 comments:

  1. "नखाऊ हरेस ठुलोछ संसार एउटा त आउलानी
    भरपुर जवानी त्यो खाली सिउदो बहार ल्याउलानी
    बिसाउनु त्यहि सम्पूर्ण भारी हलुका पर्नु मन
    शुभ कामना मेरो इश्वरले दिउन तन र मन, धन"

    मनिषा जी
    गीत सहित लय पनि राम्रो लाग्यो अरु पनि रचना पढ्ने मौका दिनुहोला

    विमल गौतम
    साउदी अरेबिया

    ReplyDelete
  2. इन्द्र पुनOctober 8, 2009 at 1:47 PM

    मिठो गित सुनेर मलाई दुख्यो हृदय झन।
    कती कमलो हुदो रहेछ भोजपुरे सबको मन।।
    बर्षा हुन्छ शिसीर हुन्छ खडेली हुदै फेरीन्छ
    पर्खी राख कुनै दिन हरीयाली होला बन।।

    बदाई छ मनीषा जी सारै मिठो गितको लागी
    बिमल जी संग संगै मलाई पनी पदने मौका दिनुहोला...

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)