दिवा सपना.......!
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
सपनाका ति महलहरु धेरै ठुलो बनाएछु |
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा |
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु |
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु |
[सम्पूर्ण शुभचिन्तकहरुमा यो अवगत गराउन चाहन्छुकी यो मेरो गीत/गजल गाई सकिएको हो, र सो गीत नेपाली चलचित्र "जिउदो मान्छे" मा प्रयोग गरिएको छ.]
रचना र स्वर : मिना बान्तवा राई
संगीत : हस्त परियार
म्युजिक एरेन्जर : श्याम सुनुवार
ले आउट : दोभान स्टुडियो [अनाम नगर]
मिना जी, तपाईको कदम कदम को लागी भोजपुरे शाहित्यिक ब्लग शुभकामना ब्यक्त गर्दछ. धन्यबाद
ReplyDeleteभोजपुरे एड्मिन
"ति दिवा सपना हरु रातको हो भनि सम्झेछु" .
ReplyDeleteयो गजल को सार मैले यसै भित्र खोजे दिवा सपना लाई रातको मिठास दिने रचनाकार माथी न्याय अन्याय के गरे ? .
विमल गौतम
साउदी अरेबिया
It's really nice song, I like it and keep it up.
ReplyDeleteBest of luck.
Dibash Limbu
Brunei.
दिबस जी, यो सानो मेरो गीतलाई पढी समयलाई खर्च गरि राम्रो मानी दिनु भएकोमा धन्येबाद |"
ReplyDeleteमिना बान्तवा,
बिमल जी मेरो गज़ललाई पढी भित्र पस्नु भएछ अनि त्यो गज़ल संग प्रस्न पनि गर्नु भएछ यो सानो मेरो गज़ल गीतलाई पढी राम्रो मानी दिनु भएकोमा धन्येबाद |"
ReplyDeleteमिना बान्तवा,
बि. जी. सर नमस्कार!
ReplyDeleteमेरो `दिवा सपना`लाई यात्रा गरि दिनु भएकोमा मुरी-मुरी धन्येबाद,
हजुरको वचन तथास्तु मा परिवर्तन होस् भन्ने म आशा राख्दछु |"
मिना बान्तवा,